झापा, भदौ ७ – झापाको कनकाई नगरपालिका–१ खहरे खोलामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहान करिब ८ः३० बजे माछा मार्ने क्रममा बिजुलीको खम्बामा तार जडान गर्ने क्रममा करेन्ट लाग्दा ३७ वर्षीय पङ्कज माझीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ।
घटनाबारे सूचना प्राप्त हुनासाथ आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए।