कालिकोटको पलाता गाउँपालिकामा लोकगीत गाउँदै जिविकोपार्जन गर्दै आएकी राधिका बादीको निधन भएको छ। ४२ वर्षीया राधिकाले श्रीमान् जोगेन्द्र बादीसँग गाउँ-गाउँमा गीत गाएर गुजारा चलाउँदै आउनु भएको थियो। पत्रकार प्रकाश सिंहले फागुन १० गते बाजुराको जगन्नाथ गाउँपालिकामा रिपोर्टिङ गर्ने क्रममा राधिकालाई जुड्डीमा मादल बजाउँदै गीत गाइरहेको देखेका थिए। सोही दृश्यको भिडियो उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि रातारात भाइरल भएको थियो।
तर, इन्टरनेटमा चर्चित बनेको केही दिनमै राधिकाको असमायिक निधन भएको छ। प्रहरीले उनलाई दुई दिनदेखि बिरामी रहेको र फागुन १८ गते बिहान निधन भएको पुष्टि गरेको छ। राधिकाको निधनले लोकसंस्कृतिमा ठूलो क्षति पुगेको छ।
इन्टरनेटमा भाइरल भएकी लोकगायिका राधिका बादीको निधन