पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हाल उनी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन् । आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तका अनुसार आलमका दुवै मृगौलामा समस्या देखिएपछि नियमित रूपमा डायलासिस भइरहेको छ । स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि चिकित्सकको विशेष निगरानीमा राखिएको बताइएको छ ।
पूर्वमन्त्री अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर