काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको विवरणअनुसार बिहीबारसम्म प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा सीमित सुन शुक्रबार १ हजार २ सय रुपैयाँले उक्लँदै २ लाख २३ हजार ७ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीमा पनि वृद्धिको क्रम देखिएको छ। बिहीबार प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।