स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। एकै दिनमा सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले महँगिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक सय रुपैयाँले बढेर तीन हजार ९ सय पाँच रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको थियो।