काठमाडौं —  बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको कारोबार मूल्य दुई लाख ३७ हजार आठ सय रुपैयाँ पुगेको छ। बुधबार  सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँ मात्र थियो। यस हिसाबले बिहीबार सुन तोलामा ६ सय रुपैयाँले महँगिएको हो।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार  भएको चाँदी बिहीबार प्रतितोला तीन हजार १० रुपैयाँमा पुगेको छ, अर्थात् २० रुपैयाँले वृद्धि भएको हो।