नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण सुनको मूल्य बढिरहेको छ।
चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो।