स्थानीय बजारमा शुक्रबार सुन–चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको नयाँ दर अनुसार सुन प्रतितोला ९०० रुपैयाँले सस्तो हुँदै २ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ७० रुपैयाँले तल झरेर ३ हजार ५५५ रुपैयाँ बनेको छ। बिहीबार चाँदीको भाउ ३ हजार ६२५ रुपैयाँ थियो।