शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। बिहीबार यो मूल्य २ लाख ४८ हजार ४ सय रुपैयाँ थियो।चाँदीको मूल्य पनि आज सामान्य रूपमा बढेको छ। बिहीबार ३,२८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार ६५ रुपैयाँले बढेर ३,३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।