नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। सोमबार सुन प्रति तोला ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ थियो।  सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रति तोला ३ हजार ५८५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी ३ हजार ६ सय ५ रुपैयाँ मा कारोबार भएको थियो।