बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २,४८,४०० रुपैयाँ मा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा ४०० रुपैयाँ कम हो। यता चाँदी भने महँगिएको छ। बुधबार ३,२२० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ३,२८० रुपैयाँ पुगेको छ, अर्थात् ६० रुपैयाँ बढेको छ।
आज सुन सस्तो, चाँदी महँगियो