मंगलबार नेपाली बजारमा सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो।
चाँदीमा भने हल्का वृद्धि देखिएको छ। सोमबार प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ६ सय रुपैयाँ भएको छ, अर्थात् १५ रुपैयाँले बढेको हो।