डा. गोविन्द केसीको स्वास्थ्य जटिल, काठमाडौं ल्याइँदै

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
डा. गोविन्द केसीको स्वास्थ्य जटिल, काठमाडौं ल्याइँदै

चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार स्वास्थ्यमा समस्या बढ्दै गएपछि केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो।

विज्ञापन
khoj2

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै केसीले गत बिहीबारदेखि इलामको नारायण मन्दिरमा अनशन थालेका थिए।

केसीले यसलाई आफ्नो २५औँ सत्याग्रह बताएका छन्। चिकित्सा शिक्षा सुधारको मागसहित पटकपटक अनशन बस्दै आएका उनले यसपटक पनि सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै सत्याग्रह सुरु गरेका हुन्।

अनशनकै क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो।