किन झापा जाँदैछिन् मन्त्री प्रतिभा रावल?

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
किन झापा जाँदैछिन् मन्त्री प्रतिभा रावल?

भूमिहीन तथा सुकुम्बासीका समस्या र सहकारीपीडितका गुनासा सुन्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा जाने भएकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। उनले सहकारीपीडित र स्थानीय नागरिकसँग पनि प्रत्यक्ष अन्तरक्रिया गर्नेछिन्।

विज्ञापन
khoj2

छलफलमा भूमिहीन तथा सुकुम्बासीले भोगिरहेका समस्या, भूमि व्यवस्थापनका चुनौती र सहकारीपीडितका गुनासालाई प्राथमिकता दिइनेछ।

त्यस अवसरमा मन्त्री रावलले सम्बन्धित समस्या समाधानका लागि मन्त्रालयले हालसम्म गरेका काम, अघि बढाइएका प्रयास र आगामी योजनाबारे जानकारी गराउने कार्यक्रम छ।

नागरिकबाट प्राप्त गुनासा र सुझावका आधारमा समस्या सम्बोधनका सम्भावित उपायबारे समेत छलफल हुने जनाइएको छ।