गुल्मीको रुरु गाउँपालिका–१ खोल्टेपानीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। दुर्घटनामा पाल्पा रिब्दिकोट–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट घाटतर्फ जाँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको हो। घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।