दाङको लमहीस्थित १३२ केभी सबस्टेसनको कन्ट्रोल हाउसमा शुक्रबार अचानक आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्टका कारण आगो लागेको आशंका गरिएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कोहलपुर प्रसारण ग्रिड शाखाको नियन्त्रणमा रहेको उक्त सबस्टेसनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको छ।

घटनापछि तत्कालै सुरक्षाकर्मी र प्राविधिक टोली आगो नियन्त्रणमा जुटेका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो निभाउने प्रयास तीव्र रूपमा जारी रहेको छ।आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।