अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। आक्रमणका बेला सुरक्षाको जिम्मेवारी सम्हालिरहेका क्रममा उनको निधन भएको जनाइएको छ।
राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन आवश्यक सहजीकरण गरिने जनाएको छ। घटनापछि यूएईमा रहेका नेपाली समुदायमा शोक छाएको छ।