काठमाडौं । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (IRIB) को मुख्यालयमा आक्रमण गरेको छ । बीबीसीले सार्वजनिक गरेको भिडिओअनुसार आक्रमणको बेला टेलिभिजन स्टुडियोमा समाचार प्रस्तोता प्रत्यक्ष प्रसारणमा समाचार पढिरहेकी थिइन् । सोही क्रममा स्टुडियोमा अचानक धुलो र भवनका टुक्रा खस्न थालेका थिए ।

हावाहुरीसँगै स्टुडियोको बत्ती निभे पनि क्यामेरा भने बन्द भएको थिएन । समाचार प्रस्तोता कहाँ गइन् भन्ने भने देखिएको छैन ।बीबीसीले IRIB लाई उद्धृत गर्दै जनाएको अनुसार आक्रमणपछि केही समय प्रसारण बन्द भयो । तर केहीबेरमै च्यानलले पुनः समाचार प्रसारण सुरु गरेको छ । यो घटनाले इरान र इजरायलबीचको तनाव नयाँ मोडमा पुगेको संकेत दिएको छ ।