डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकल्ली काणेमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चामाबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि चालकसहित ९ जनामध्ये ४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरुलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको छ ।

घटनास्थलमै रहेका स्थानीय मन्दिर सिंह साउँदका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।