राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको झापा ५ मा रास्वपाले घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको छ। बालेन देशदौडामा रहेकै बेला पार्टीका नेता–कार्यकर्ता, बालेनकी पत्नी सविना र सचिवालय सदस्यहरूले घरदैलो अघि बढाएका हुन्।
अभियान आज बिहान दमक–९ स्थित उराव बस्तीबाट सुरु भई विभिन्न टोल हुँदै पुनः उराव बस्तीमै समापन भएको थियो। घरदैलोका क्रममा स्थानीय समस्या, गुनासा र सुझाव संकलन गरिएको छ।
पार्टीका अनुसार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका–५ को पाडाजुगी चोकबाट अर्को चरणको घरदैलो सुरु गरिनेछ, जुन विभिन्न टोल हुँदै मंगलबारे बजारमा पुगेर समापन हुने बताइएको छ।