राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजावादी समूहले आज नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्। समाखुसीबाट बाइक र्‍यालीसहित नारायणहिटी पुगेका उनीहरूले राजसंस्थाको पुनर्स्थापनाको पक्षमा नाराबाजी गरेका थिए।

आन्दोलनकारीहरूले ‘राजा छिट्टै फर्किन्छन्’ भन्दै नारायणहिटी खाली गर्न चेतावनीसमेत दिएका छन्। उनीहरूले वर्तमान व्यवस्थालाई असफल भन्दै राजतन्त्र नै देशको स्थायित्वको आधार रहेको दाबी गरेका छन्।

यसअघि पनि विभिन्न ठाउँमा राजतन्त्र पक्षधर प्रदर्शन हुँदै आएका छन्। तर, सरकार र सरोकारवाला निकायले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।