काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीद्वारा गरिएको आगजनीपछि सुरक्षाकर्मीले क्षेत्र खाली गराउन माइकिङ गरिरहेका छन् । तीनकुने पुलदेखि संसद भवनसम्मको क्षेत्रमा प्रहरीले ‘घरघर जानुहोस्, रमिता नहेर्नुहोस्’ भन्दै स्थानीयलाई घरभित्र बस्न आग्रह गरेको छ ।
प्रदर्शनकारीहरूले केही स्थानीय घरहरूमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले कडाइ गरिरहेको भए पनि आगो निभाउने दमकल अझै नपुगेको जानकारी आएको छ । घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिँदैछ । राजधानीको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ ।