काठमाडौं – राजावादी आन्दोलनका क्रममा अराजक गतिविधि मच्चाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार आन्दोलनका नाममा आगजनी, लुटपाट र तोडफोडको घटनामा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार राजधानीका विभिन्न स्थानमा आन्दोलनकारीले सार्वजनिक सम्पत्ति तोडफोड गरेका थिए। केही स्थानमा आगजनी तथा लुटपाटको समेत घटना भएको प्रहरीले जनाएको छ। यस घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ। आन्दोलनका क्रममा भएका क्षति र संलग्नताको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।