काठमाडौँ — गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ‘निरे’ भनेर चिनिने निराजन पौडेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–३ बसुन्धाराका पौडेललाई वैशाख ३ गते नियन्त्रणमा लिइएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय ठेक्कापट्टामा सक्रिय रहेका पौडेल मिलन चक्रे समूहसँग जोडिएर गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोप छ।प्रहरीका अनुसार यसअघि पनि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारसम्बन्धी ६ वटा मुद्दा दर्ता भइसकेका थिए। अहिले भने उनी सातौँ मुद्दामा पक्राउ परेका हुन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको र आवश्यक कारबाही अगाडि बढाइने जनाएको छ।