नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली शुक्रबार पितृशोकमा परेपछि बालेनले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका हुन्। बालेनले आफ्नो सन्देशमा पिताको महत्व उल्लेख गर्दै भनेका छन्, “पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।”

केही समयअघि आफूले पनि पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिले जीवनमा ठूलो रित्तोपन ल्याउने बताएका छन्।“केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,” बालेनले लेखेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणबाट समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ।