हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट अस्पताल पुर्याइएको हो। अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ, जहाँ गम्भीर र जटिल बिरामीहरूको उपचार गरिन्छ।प्रहरीका अनुसार स्वास्थ्य अवस्था जाँचपछि थप कानुनी प्रक्रिया अगाडि बढाइनेछ।