सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ। अदालतले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको हो।
ओलीपत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। अदालतले तत्काल रिहाइको माग अस्वीकार गरे पनि पक्राउको आधार स्पष्ट पार्न सरकारलाई निर्देशन दिएको छ। जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री रहेका थिए। सोही सन्दर्भमा भएको घटनालाई लिएर उनी पक्राउ परेका हुन्।
यसअघि सर्वोच्च अदालतले तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा पनि यस्तै निर्णय गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको थियो र सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो। अब सरकारले अदालतसमक्ष ओली पक्राउको आधार र प्रमाण प्रस्तुत गर्नुपर्नेछ, जसका आधारमा आगामी सुनुवाइ अघि बढ्नेछ।