काठमाडौँ — नेपाली बजारमा मंगलबार सुनको मूल्य अलि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा पुगेको छ। यता चाँदीको मूल्य भने केही बढेको छ। सोमबार ३ हजार ५३५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
मंगलबार सुन सस्तो, चाँदी महँगो