काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगी औपचारिक रूपमा पदभार सम्हाल्नुभएको हो। पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।
मन्त्री खरेलले डिजिटल पहुँचलाई सुदृढ बनाउँदै सर्वसाधारणलाई सूचना तथा प्रविधिमा सहज पहुँच दिलाउनु आफ्नो प्राथमिकता रहने बताएका छन्।