राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा केन्द्रीय समिति बैठक बसेर नयाँ नेतृत्व चयन गरेको छ।
शनिबार विहान बसेको बैठकले कुबिन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्रीमा मनोनित गरेको छ। पूर्व महामन्त्री मुकुल ढकाल पार्टीबाट निष्कासित भएपछि कार्यवाहकको रुपमा रहेका सहमहामन्त्री बुर्लाकोटीलाई पूर्ण जिम्मेवारी दिइएको हो।
त्यस्तै, पार्टीको प्रवक्तामा मनिष झा नियुक्त भएका छन्। उनी यसअघि सहप्रवक्ताको हैसियतमा कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। मुकुल ढकाल प्रवक्ताको भूमिकामा समेत रहेका थिए। रास्वपाले पार्टीभित्रको रिक्त नेतृत्वलाई औपचारिक रुपमा पूर्णता दिँदै संस्थागत स्थायित्वतर्फ अघि बढेको सन्देश दिएको छ।