नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई आफ्नो इन्टरनेट सेवामार्फत सञ्चालन हुन नदिने भएको छ।

बिहीबार सार्वजनिक गरिएको सूचनामा कम्पनीले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को २०८० भदौ ९ को निर्णय, सञ्चार मन्त्रालयको २०८० भदौ १२ को मन्त्रीस्तरीय बैठक तथा सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार यो निर्णय गरिएको स्पष्ट पारेको छ।

एनसेलले ग्राहक वर्गलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै टिकटक, भाइबर लगायत दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्म भने इन्टरनेट सेवामार्फत चलाइने जनाएको छ। उक्त सूचना एनसेल आइकन भवन, लैनचौर–२९, काठमाडौँबाट जारी गरिएको हो।