आइसिसी पुरुष टी–२० विश्वकप छनोटको सुपर सिक्स चरणमा नेपालले युएईलाई १४१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको हो। नेपालका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै मध्यम स्कोर तयार पारेका थिए। अब नेपालका बलरहरू सानदार प्रदर्शन गर्दै युएईलाई सस्तैमा रोक्ने रणनीतिमा छन्।
नेपाल र युएई दुवै टोली समूह विजेता बनेर सुपर सिक्समा प्रवेश गरेका हुन्। सुपर सिक्सको यो निर्णायक भिडन्तमा दुवै टोली पहिलो जित निकाल्ने प्रयासमा छन्।आजको खेल जित्ने टोलीले विश्वकपमा स्थान बनाउने सम्भावना अत्यन्तै उच्च रहेको क्रिकेट विश्लेषकहरूले बताएका छन्।