ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले सामोआविरुद्धको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

कप्तान रोहित कुमार पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ, किनभने सामोआमाथि जित निकाले नेपालले यस छनोट प्रतियोगिताको ट्रफी जित्नेछ। नेपालले आजको खेलका लागि टोलीमा तीन परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिइएको छ भने तिनको सट्टा करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ–११ मा समावेश गरिएको छ।

सामोआविरुद्ध नेपालको प्लेइङ–११:
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी।