काठमाडौं —  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार दुई सय रूपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा चार हजार ८ सय रूपैयाँले कम हो। गत शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि घटावट आएको छ। आइतबार चाँदी प्रतितोला तीन हजार दुई सय ७५ रूपैयाँमा झरेको छ। शुक्रबारको मूल्य तीन हजार तीन सय ५० रूपैयाँ रहेको थियो। यस अनुसार चाँदीमा ७५ रूपैयाँको कमी आएको हो।