काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको भाउ प्रतितोला १,४०० रुपैयाँले बढ्दै २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ।यसअघि आइतबार सुन २ लाख ५२ हजार २ सय रुपैयाँ प्रतितोलामा व्यापर भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार ३,४९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार ३,५३५ रुपैयाँ पुगेको छ, जुन ४५ रुपैयाँको वृद्धि हो।