वासिङ्टन । अमेरिकाले पाकिस्तानी राजदूत केके अहसान वगानलाई लस एन्जलस विमानस्थलबाटै फिर्ता पठाएको छ। उनी तुर्कमेनिस्तानबाट अमेरिका प्रवेश गर्न खोजेका थिए।सूत्रहरूका अनुसार, अमेरिकी अध्यागमन अधिकारीहरूले आवश्यक कागजातसहित अमेरिका आएका वगानलाई विमानस्थलमै रोकेर स्वदेश फर्काएका हुन्। उनी निजी भ्रमणका लागि अमेरिका गएका बताइन्छ।

घटनापछि पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई जानकारी गराइएको छ। पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित कन्सुलेट कार्यालयलाई यस विषयमा छानबिन गर्न निर्देशन दिएको छ। राजदूत वगान लामो समयदेखि कूटनीतिक सेवामा कार्यरत छन्। उनले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा द्वितीय सचिवको रूपमा काम गरिसकेका छन् भने मस्कट र नाइजरका दूतावासमा पनि जिम्मेवारी सम्हालेका थिए।