काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का एसएसपी नवराज अधिकारीले जानकारी दिएका छन्।

घटनापछि उनलाई ट्राफिक कार्यालय, रामशाह पथ लगिएको प्रहरीले जनाएको छ। चप्पल कारखाना अगाडि एक पैदलयात्रीमाथि उनले मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा कारबाट ओर्लिएका ती व्यक्तिले गालीगलौज गर्दै पैदलयात्रीलाई कुटपिट गरेको देखिन्छ। त्यसक्रममा एक महिला समेत आएर गाली गरेको आवाज भिडियोमा सुनिन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।