काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। प्रहरीका अनुसार, तामाङले प्रहरीलाई अ’श्लील शब्द प्रयोग गर्दै गा’ली गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सार्वजनिक स्थलमा वा सरकारी कर्मचारीप्रति अभद्र व्यवहार गर्नु कानुनबमोजिम दण्डनीय मानिन्छ।