नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सम्भावित एकता सम्बन्धी स्पष्ट संकेत दिएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, “अबको माओवादीको लाइन भनेको चुनाव हो।”
उनका अनुसार तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ। एमालेसँग एकताको सम्भावनाबारे प्रश्न सोध्दा उनले भने, “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”
युवा पुस्ताले माओवादीको विचारप्रति पुनः आकर्षण देखाउन थालेको दाबी गर्दै प्रचण्डले भने, “अहिले मेरो जेन्जी युवाहरूसँग पनि छलफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ।”उनले आगामी निर्वाचनमा माओवादी केन्द्रले संगठन सुदृढ गर्दै निर्णायक भूमिका निर्वाह गर्ने दाबी पनि गरे।