काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । उनले नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै दुवै देशबीचको आपसी सहकार्य अझै प्रगाढ बनाउन चाहेको उल्लेख गरेकी थिइन् । साथै, उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि मोदीलाई जानकारी गराएकी थिइन् ।

उता, प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई पद ग्रहणको अवसरमा बधाई ज्ञापन गरेका थिए । उनले असल छिमेकीका नाताले भारतले आगामी दिनमा पनि नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा दुई देशका सरकार प्रमुखबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका मुद्दा र साझा चासोका विभिन्न विषयमा छलफल भएको थियो ।