राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्। अस्पतालका अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

राष्ट्रपतिलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना गरिएको बताइएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै गम्भीर समस्या नरहेको र आवश्यक परामर्श तथा परीक्षणपछि घर फर्किने तयारी भइरहेको उल्लेख गरिएको छ। यसअघि पनि पौडेल कहिलेकाहीँ नियमित स्वास्थ्य परीक्षणका लागि सोही अस्पतालमा जाने गरेका छन्।