बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरि उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको दरअनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेर रु २,५३,१०० पुगेको छ। बुधबार सुनको मूल्य रु २,५२,१०० थियो।चाँदीमा पनि आज हल्का वृद्धि भएको छ। बुधबार रु ३,७५० मा कारोबार भएको चाँदी बिहीबार रु ३,८०५ प्रतितोला पुगेको छ, जुन ५५ रुपैयाँ बढी हो।