चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई “अन्तिम इच्छा” सोधिएको प्रसंग स्मरण गर्दै फागुन २१ गते मतपत्रमार्फत जवाफ दिन आग्रह गरेका छन्।
चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि प्रमाण भएको दाबी गर्नेहरूलाई लक्षित गर्दै प्रतिक्रिया दिएका हुन्। उनले भने, “चाहिएन प्रमाण, भइगो। मलाई अन्तिम इच्छा सोधिएको पनि थियो। मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपाईंहरूलाई थाहा नै होला। मैले त्यसको जवाफ दिएको थिइनँ।”
उनले थपे, “आज म चितवनबाट भन्न चाहन्छु— मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला।” लामिछानेको अभिव्यक्तिलाई उनका समर्थकहरूले जनतामार्फत राजनीतिक जवाफ दिने सन्देशका रूपमा व्याख्या गरेका छन्। विपक्षी दलका नेताहरूले भने उनको अभिव्यक्तिप्रति टिप्पणी गरेका छैनन्।