राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त रिट खारेज गर्ने आदेश जारी गरेको हो।

यसअघि सर्वोच्चले विवादित विषयका सबै निर्णय र पत्राचारसम्बन्धी कागजात झिकाउने आदेश दिंदै रास्वपासँग लिखित जवाफ पनि मागेको थियो। तर अन्ततः अदालतले ढकालको माग अस्वीकार गर्दै रिट नै खारेज गरिदिएको हो।

रास्वपाले २०८१ असार २६ गते तत्कालिन महामन्त्री ढकाललाई पार्टीबाट निष्काशन गरेको थियो। त्यसयता ढकालले आफूलाई पार्टीले नभई सभापति रवि लामिछानेको ‘क्लब’ ले निकालेको भन्दै लगातार आरोप लगाउँदै आएका छन्।