राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरिएको रवि लामिछाने समर्थन हस्ताक्षर अभियानमा जनस्तरको अपार साथ मिलिरहेको छ। रास्वपाका अनुसार साउन २३ सम्म कुल ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरिसकेका छन्। साथै, अभियानमार्फत ६२ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।