काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुना बाहिर बस्न पाउने माग गर्दै दिएको निवेदनमा आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेसी तोकिएको छ ।

उनको निवेदनसहित सहअभियुक्त छविलाल जोशीको निवेदन पनि आजै सुनुवाइका लागि राखिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुने अदालतले जनाएको छ ।

यसअघि लामिछानेले बिगो बराबरको धरौटी राखी बाहिरबाट मुद्दा लड्न पाउने अनुमति माग्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उक्त माग अस्वीकृत गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

आजको सुनुवाइबाट लामिछाने थुनामुक्त हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ ।