बैतडीको पुर्चौडीबाट बझाङको बित्थडचिर–सुनकुडा फर्किने क्रममा भएको बस दुर्घटनामा एकै परिवारका बाबु–छोरासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बझाङ केदारस्यूँ गाउँपालिका–४ का ६० वर्षीय मोहन देव भट्ट र उनका छोरा केशवराज भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो।

उनीहरूसँगै राति नै उपचारका लागि अस्पताल लैजाने क्रममा थप ५ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको छ। दुर्घटनाले पुरै क्षेत्र शोकमा डुबाएको छ।

सनाखत भएका मृतकहरू

बझाङ, बित्थडचिर गाउँपालिका–७
केशब राज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५),विष्णु दत्त जोशी (४१), नरेन्द्रराज जोशी (४२) बझाङ, केदारस्यूँ गाउँपालिका मोहन देव भट्ट (६०)
बझाङ, जयपृथ्वी नगरपालिका–७
बसन्त राज रतला (४०)
बैतडी, पुर्चौडी नगरपालिका–७
पुष्पा अवस्थी (४०)

डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने

बझाङ, बित्थडचिर–७ का बिसन दत्त जोशी (१७)
बझाङ, बित्थडचिर–७ का दिपकराज जोशी (२७/२८)
बझाङ, बित्थडचिर–७ का किसनदत्त जोशी (४५/४६)
बझाङ, केदारस्यूँ–७ का केशबराज भट्ट (२६/२७)
बैतडी, पुर्चौडी नपा–७ का शुशिल जोशी (१४/१५)

गम्भीर घाइतेहरू

बझाङ जिल्ला–८ का नन्दलाल कोइराला (५२)
बैतडी, पुर्चौडी नपा–७ की धनपति अवस्थी (४५)
बझाङ, बित्थडचिर–७ का बिरबहादुर धामी (३८)

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ। यस दुःखद दुर्घटनाप्रति सर्वत्र शोक व्यक्त गरिएको छ।