आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। महासंघले जारी गरेको सूची अनुसार आज सुन प्रतितोला २,५२,२०० रुपैयाँ मा कारोबार भइरहेको छ। यो रकम शुक्रबारको तुलनामा २०० रुपैयाँ कम हो। शुक्रबार सुनको मूल्य २,५२,४०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज बढेको छ। आइतबार चाँदी प्रतितोला ३,६०५ रुपैयाँ पुगेको छ, जुन शुक्रबारको मूल्य ३,५५५ रुपैयाँ भन्दा ५० रुपैयाँ बढी हो।