रसुवागढीस्थित भूमिगत पावर हाउसमा कर्मचारीहरू थुनिएको आशंकाबीच उनीहरूको तत्काल उद्धारका लागि आवश्यक उपाय अपनाउन कुलमान घिसिङले आग्रह गरेका छन्। उनले नेपाली सेनाको टोली पहुँच सुरुङभित्र करिब २५० मिटरसम्म पुगे पनि कर्मचारी फेला नपरेको जानकारी आएको उल्लेख गर्दै अब खोज तथा उद्धार पावर हाउससम्म केन्द्रित गर्नुपर्ने बताएका हुन्। घिसिङले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको विवरणअनुसार भदौ १४ […]
त्रिशूली नदीमा आएको बाढीले प्रभावित बनाएका क्षेत्रको अवस्था बुझ्न कुलमान घिसिङ स्थलगत निरीक्षणमा पुगेका छन्। बाढीबाट प्रभावित बस्ती र नागरिकले भोगिरहेको अवस्थाबारे जानकारी लिँदै उनले विपद्को समयमा उद्धार तथा राहतको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका घिसिङले त्यहाँको वस्तुस्थिति बुझ्नुका साथै विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग पुर्याउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड […]
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने पहलप्रति कुलमान घिसिङले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिँदै यसको दीर्घकालीन भविष्य सुनिश्चित गर्न उत्पादनदेखि व्यवस्थापनसम्म ध्यान दिनुपर्ने बताएका छन्। घिसिङले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै कपडा उद्योग सञ्चालनमा ल्याउनु मात्रै पर्याप्त नहुने संकेत गरेका छन्। उद्योगलाई […]
त्रिपुरेश्वरमा राइड–सेयरिङ सेवा चलाएर जीविका धानिरहेका गणेश नेपालीले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको घटनाप्रति उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै घिसिङले गणेशको घटना एउटा व्यक्तिको आवेगमा सीमित नभई निराशा, आर्थिक दबाब र राज्यका निकायबाट हुने व्यवहारबीच बाँचिरहेका धेरै नेपाली युवाको अवस्थासँग जोडिएको बताएका […]
देशभर पटक–पटक विद्युत् अवरुद्ध (झ्याप्प–झ्याप्प बत्ती जाने) समस्या बढ्दै गएपछि यसको विषय अहिले संसददेखि सडक र सामाजिक सञ्जालसम्म बहसको केन्द्र बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले पश्चिम नेपालको स्थलगत भ्रमणका क्रममा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या तथ्याङ्कमा देखिएभन्दा गम्भीर रहेको निष्कर्ष निकाल्दै यसको सक्रिय अनुगमन र तत्काल समाधानका लागि अभियान सुरु गरिएको […]
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। घिसिङले फेसबुकमा लेख्दै सरकारको १०० दिनको गतिविधि र कार्यशैलीमा जोश, जागर तथा इच्छाशक्ति देखिएको भए पनि अनुभव, परिपक्वता र विज्ञतामा भने कमी महसुस भएको टिप्पणी गरेका छन्। उनले सरकारप्रति सकारात्मक अपेक्षा राख्दै नेतृत्वमा ऊर्जा र […]
आज प्रतिनिधिसभा बैठकमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा भएको छ। विशेष कुरा के भने, कुलमान घिसिङको प्रसंग प्रतिपक्षबाट नभई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै झापा–३ बाट निर्वाचित सांसद प्रकाश पाठकले उठाएका हुन्। नेपालले एक समय दैनिक १८ देखि २२ घण्टासम्मको लोडसेडिङ भोगिरहेको अवस्थामा कुलमान घिसिङको नेतृत्वमा करिब आठ वर्षको निरन्तर […]
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको निधनपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको नदी किनार बस्ती हटाउने अभियानप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले यो घटनालाई केवल एक व्यक्तिको मृत्युका रूपमा नभई विस्थापित नागरिकको अवस्था र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषयका रूपमा हेर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले भेषराज दर्जीप्रति श्रद्धाञ्जलि […]
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि त्यसबारे बहस चर्किएको छ। यही विषयमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको निर्णयमाथि कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले विद्युत् प्रयोग बढाउनुपर्ने समयमा थप कर लगाउनु राष्ट्रिय ऊर्जा […]