प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहसँग एकल भेट गरेका राजदूत श्रीवास्तवले दुई देशबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको बताएका छन्। भेटका क्रममा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारतीय सत्तारुढ दलसँगको उच्चस्तरीय भेटघाटले यो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण बनाएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग लगातार भेटवार्ता गरिरहेका छन्। मंगलबार उनले एस जयशंकर र अमित शाहसँग छुट्टाछुट्टै छलफल गरेका थिए। […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी हुँदैछन्। भाजपा नेता नितिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा विभिन्न उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा हुने यो भ्रमणलाई रास्वपाले नेपाल–भारत राजनीतिक संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ। नयाँ दिल्लीमा रहँदा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी २ जुनमा भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणलाई अहिले काठमाडौं र दिल्ली दुवैतर्फ चासोका साथ हेरिएको छ। स्रोतहरूका अनुसार लामिछाने २ जुनमा काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट […]