भारतीय राजदूत श्रीवास्तवले गरे राष्ट्रपति पौडेलसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। आफ्नो कार्यकाल पूरा गर्ने क्रममा श्रीवास्तव राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल–भारत सम्बन्धसँग जोडिएका विषयमा छलफल भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्धसँगै आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो। […]

अमेरिकापछि भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता भारत भ्रमण गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि हुन लागेको उनको भारत भ्रमणका लागि कूटनीतिक तथा सरकारी तहमा आवश्यक तयारी अघि बढाउने गृहकार्य भइरहेको छ। भ्रमणको निश्चित मिति भने अझै टुंगिएको छैन। जानकार स्रोतका अनुसार नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो सातालाई आधार बनाएर भ्रमणको तयारी गरिएको छ। […]

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेट

प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहसँग एकल भेट गरेका राजदूत श्रीवास्तवले दुई देशबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको बताएका छन्। भेटका क्रममा […]

भारत भ्रमणमा रवि लामिछाने: आज मोदीसँग भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारतीय सत्तारुढ दलसँगको उच्चस्तरीय भेटघाटले यो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण बनाएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग लगातार भेटवार्ता गरिरहेका छन्। मंगलबार उनले एस जयशंकर र अमित शाहसँग छुट्टाछुट्टै छलफल गरेका थिए। […]

दिल्लीमा रवि–भाजपा भेट, चासोको केन्द्रमा रास्वपाको भारत भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी हुँदैछन्। भाजपा नेता नितिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा विभिन्न उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, […]

भारत यात्रामा रवि, भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा हुने यो भ्रमणलाई रास्वपाले नेपाल–भारत राजनीतिक संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ। नयाँ दिल्लीमा रहँदा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई […]

मोदी भेटको तयारीसहित रवि लामिछाने भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी २ जुनमा भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणलाई अहिले काठमाडौं र दिल्ली दुवैतर्फ चासोका साथ हेरिएको छ। स्रोतहरूका अनुसार लामिछाने २ जुनमा काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट […]